राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा कमलपोखरीमा छठको पूजाअर्चना

1447768192172_RoS-Ktm,chhot ,Prisedent Bhandari (10)

काठमाडौँ, १ मङ्सिर । छठपर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कमलपोखरी पुगी छुट्टाछुट्टै पूजाअर्चना गरेका छन् ।

सो अवसरमा उनीहरूले कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा गरेका थिए ।

पूजाका लागि उनीहरू त्यहाँ पुग्दा स्थानीय र भक्तजनले ताली बजाएर स्वागत गरेका थिए ।
सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठको अवसरमा कमलपोखरीमा सरसफाइका साथै ध्वजापताका र झिलीमिली बत्तीले सिङ्गारिएको थियो ।

उनीहरूले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको पोखरी किनाराको अवलोकनसमेत गरे ।

छठपर्वको मुख्य दिन आज भक्तालुले पूजा सामग्री, फलफूल र मिठाईका साथ बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा सुरु गरेका छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री