दैलेख, १ मङ्सिर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) नेता माधवकुमार नेपालले सीमाङ्कन हेरफेर नहुने बताएका छन् ।
पे्रस चौतारी दैलेखले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सिङ्गो तराई एक प्रदेश हुनै नसक्ने भन्दै आन्दोलनरत मधेशवादी दललाई लचिलो भएर राजनीतिक सहमति र संवैधानिक प्रक्रियामा आएर समाधान खोज्न आग्रह गरे ।
वर्तमान सरकार मधेस आन्दोलनलाई सम्बोधन गर्न अझ गम्भीर हुनुपर्ने बताउँदै नेता नेपालले मधेसमा संविधानबारे अफवाह फैलाइएकाले विभिन्न भाषाभाषीमा संविधान छापेर मधेसी जनतालाई अध्ययन गर्न दिनुपर्ने सुझाव दिए ।
उनले नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएकोमा भारतले अघोषित नाकाबन्दी गरेर दण्ड दिएको बताउँदै सरकारले नाकाबन्दीको वैकल्पिक व्यवस्था गरेकाले धैर्य हुन जनतालाई आग्रह समेत गरेका छन् ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता