काठमाडौँ, १ मङ्सिर । तराई मधेसमा आन्दोलनरत मधेसवादी दलसँग बुधबार निर्णायक वार्ता गर्ने तयारी गरिएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत मधेसवादी दलसँग अनौपचारिक छलफलपछि आएका विचार र भावनालाई समेटेर भोलि निर्णायक वार्ता गर्ने तयारी गरिएको हो ।
सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरू सहमतिको लागि तयार भएको सन्देश मधेसवादी दलका तर्फबाट आएपछि संयोजक दाहालले आज पनि अनौपचारिक परामर्श गरेका छन् ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव एवम् एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले मधेसवादी दलले उठाउँदै आएका विषयहरूमा समाधान खोज्ने र मुलुकले भोग्नुपरेको इन्धन सङ्कटलगायत विषयलाई समाधान गर्ने गरी छलफल केन्द्रित रहेकोले बुधबारको वार्तालाई निर्णायक बनाउने तयारी गरिएको बताए ।
अध्यक्ष दाहालले आज पनि अनौपचारिक रुपमा सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूसँग तराई मधेसको समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने आग्रह गर्दै छलफल गर्नुभएको बताइएको छ ।
‘‘अनौपचारिक रुपमा भएका छलफल सकारात्मक छन्, समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै पक्ष सहमत देखिएको छ’’, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्वकीय सचिव खड्काले भने ।
सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार बनाउने जिम्मा अध्यक्ष दाहाललाई दिएपछि उनले सक्रियता बढाएका हुन् ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]