
छठको अवसरमा काठमाडौँको कमलपोखरीमा मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारी संग तस्विर खिचाउदै व्यापारी विनोद चौधरी,राजेन्द्र खेतान लगायत आयोजकहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, १ मङ्सिर । सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्वको अवसरमा आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा पुगी पूजाअर्चना गरिन् ।
राष्ट्रपति भण्डारीले गौरीघाटस्थित छठी मैय्याको मूर्तिमा पूजा गरेपछि त्यस क्षेत्रमा पूजा र दीप प्रज्वलन शुभारम्भ भएको थियो । त्यसपछि गौरीघाट परिसरमा अवस्थित सो मूर्तिमा दर्शन तथा पूजा गर्ने भक्तालुको घुइँचो लागेको थियो । राष्ट्रपति भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गरिन् । राष्ट्रपतिलाई सो क्षेत्रमा स्थानीयले पुष्पगुच्छाले स्वागत गर्नुका साथै बटुकहरूले स्वस्तिवाचन गरेका थिए ।
छठ पर्वको तयारीका लागि छठ पूजा समितिले गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदीमा सरसफाइका साथै ध्वजापताका र झल्लार बत्तीले दुलहीझँै सजाइएको छ । छठपर्वको मुख्य दिन आज भक्तालुले पूजा सामग्री, फलफूल र मिठाइका साथ बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा सुरु गरेका छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो ।
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते