
ललितपुर, १ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप नेपालले पारबहन सुविधा पाउनुपर्ने बताउनुभएको छ ।
काँग्रेस वज्रबाराही नगर समन्वय समितिद्वारा आज छठ पर्वका अवसरमा गरिएको शुभकामना एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतले नेपालमा गरेको नाकाबन्दी गलत छ भन्नुभयो । उहाँले भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवहन सुविधालाई कहीँकतैबाट रोक्न नमिल्ने बताउँदै भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मधेसकेन्द्रित राजनीतिक दलले आफ्नो माग संसद्बाटै लिनुपर्नेमा संविधानसभा छाडेर सडक आन्दोलनमा जानु गल्ती भएको बताउनुभयो ।
काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य कवेलबहादुर लामाले इन्धन अभावका कारण जनताले सास्ती व्यहोर्नु परेकाले समाधानका लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । सांसद एवम् काँग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टीका कार्यकर्ता संवेदनशील भएर समाजको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते