
नेपाल पत्रकार महासङ्घद्वारा आयोजित बेपत्ता पत्रकार सम्बन्धी सञ्चालन गरिएको बेवसाइटको सार्वजनिकपछि बोल्दै गृहमन्त्री शक्तिबहादुर बस्नेत । तस्बिर ः सुशील दर्नाल, रासस
काठमाडौँ ३० कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेसकेन्द्रित दलसँग आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घद्वारा यहाँ आज आयोजित बेपत्ता पत्रकारसम्बन्धी सञ्चालन गरिएको वेबसाइटको सार्वजनिक गर्दै मन्त्री बस्नेतले बन्द, हडताल र नाकाबन्दीका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आन्दोलन स्थगन वा स्वरूप परिवर्तन गरी संवादका माध्यमबाट सबै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सरकार लचिलो हुने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकल आयोगले बेपत्ता पारिएका पत्रकारको खोजी कार्यलाई तीव्रता दिएको बताउनुभयो । सदस्य पाठकका अनुसार अहिलेसम्म एक हजार ८३ मानिस बेपत्ता छन् ।
पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सबैभन्दा बढी युद्धकालमा ३५ जना पत्रकारको हत्या वा शङ्कास्पद हत्या गरिएको बताउनुभयो । बेपत्ता पारिएका पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, प्रकाशसिंह ठकुरी र मदन पौडेलको अवस्थाबारे राज्यले सार्वजनिक गर्नुपर्ने माग उहाँले गर्नुभयो ।
पत्रकारको भौतिक सुरक्षाको सुनिश्चिततासँगै दोषीमाथि कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । महासङ्घले हत्या र बेपत्ता गरिएको पत्रकारको अवस्था सार्वजनिक गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेको छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित