
काठमाडौँ, २९ कात्तिक । प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको आजको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ ।
बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर कुनै सहमति हुन भने नसकेको जानकारी दिनुभयो ।
आजको छलफलमा उठेका विषय आ–आफ्नो पार्टीमा थप छलफल गरेर फेरि बस्ने गरी वार्ता टुङ्गिएको उहाँले बताउनुभयो ।
उहाँले आजको बैठकमा सीमाङ्कनको विषय उठेपनि त्यसको विकल्पबारे भने छलफल नभएको बताउनुभयो ।
मोर्चाका नेता सङ्घीय समाजवादी फोरम (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पहिलो र दोस्रो मधेस आन्दोलनको दौरान भएको आठबुँदे सम्झौता र २२ बुँदे सम्झौता कार्यान्वयनको माग मोर्चाले वार्तामा राखेको बताउनुभयो ।
उहाँले आफूहरुले नयाँ माग नउठाएको जिकिर गर्दै पुरानो सम्झौता कार्यान्वयन गर्ने जिम्मा प्रमुख दलकै भएको बताउनुभयो ।
यादवले आजको वार्तामा प्रमुख दलले ठोस कुरा नल्याएको बताउँदै अर्को वार्तामा ल्याउने आश्वासन दिएको जानकारी दिनुभयो ।
बैठकमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भोलि साँझसम्म आफूहरुले केही नयाँ प्रस्ताव ल्याउने आश्वस्त पार्नुभएको यादवले जानकारी दिनुभयो ।
उहाँले सरकारले यसअघि घोषणा गरेको आन्दोलनका क्रममा घाइतेको उपचार, पक्राउको रिहाई र मुद्दा फिर्ता लिने प्रतिबद्धता अझै पूरा नगरेको जिकिर गर्नुभयो ।
सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा भएको वार्तामा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्यायमन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा (नेपाल)का संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी सहभागी हुनुहुन्थ्यो ।
मोर्चाबाट सङ्घीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पहिलोपटक सहभागी भएको हो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता