हेटौँडा, २९ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले मुलुकको राजनीतिक दलको नेतृत्व नागरिक समाज र सरकारले भारतीय सरकारविरुद्ध कुनै कार्य नगरेकाले सीमामा नाकाबन्दी गर्न अपराध गरेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री थापालाई मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा उहाँको सम्मानमा आयोजित स्वागत एवम् अभिनन्दन समारोहलाई सम्बोधन गर्दै विनाकारण नेपाली जनतामा भारत सरकारले प्रतिशोध राख्दै सीमामा नाकाबन्दी गर्नु कूटनीतिक हस्तक्षेप हो भन्नुभयो ।
लामो समयदेखि भारतमा मात्रै एकतर्फी पारवहन सन्धि गर्नाले अहिले नेपालीमा धोका भोग्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले अब सरकारले विभिन्न राष्ट्रमा पारवहन सुविधाको सन्धि गरेर समस्त नेपालीलाई अब छिट्टै नाकाबन्दीबाट मुक्त पार्न सरकारले नयाँ कदम चाल्न लागेको बताउनुभयो ।
उहाँले तराई केन्द्रित दलहरुले आफ्नो दलगत स्वार्थ त्यागेर पूरा गर्न सकिने मागलाई राजनीतिक सहमतिका माध्यमबाट कुरा गर्न सरकार तत्पर छ भन्नुभयो ।
यसैगरी उपप्रधानमन्त्री थापाले राप्रपा नेपालको सैद्धान्तिक पक्ष र आदर्शलाई कुनै आँच नपु¥याई राष्ट्रमा प्रजातान्त्रिक र राष्ट्रियतालाई बलियो तुल्याउन पार्टी सरकारमा प्रवेश गरेको बताउनुभयो ।
उहाँले आज राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सङ्गठनलाई दरिलो बनाउन कार्यकर्ता घरदैलो अभियानमा संलग्न हुनुपर्दछ भन्नुभयो ।
उपप्रधानमन्त्री थापाले मकवानपुर उद्योग वाणिज्य सङ्घका संस्थापक पूर्वअध्यक्ष रामकृष्ण गोर्खाली र नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय अध्यक्ष कुशकुमार जोशीलाई दोसल्ला ओढाइ अभिनन्दन गर्नुभयो ।
मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा भएको समारोहमा उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय अध्यक्ष कुशकुमार जोशीले हेटौँडा–काठमाडौँ सुरुङ मार्गलाई निर्माण गर्न सरकारलाई प्राविधिक एवम् आर्थिक सहयोग गर्न सरकारसँग माग गर्नुभयो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता