हेटौँडा, २९ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले मुलुकको राजनीतिक दलको नेतृत्व नागरिक समाज र सरकारले भारतीय सरकारविरुद्ध कुनै कार्य नगरेकाले सीमामा नाकाबन्दी गर्न अपराध गरेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री थापालाई मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा उहाँको सम्मानमा आयोजित स्वागत एवम् अभिनन्दन समारोहलाई सम्बोधन गर्दै विनाकारण नेपाली जनतामा भारत सरकारले प्रतिशोध राख्दै सीमामा नाकाबन्दी गर्नु कूटनीतिक हस्तक्षेप हो भन्नुभयो ।
लामो समयदेखि भारतमा मात्रै एकतर्फी पारवहन सन्धि गर्नाले अहिले नेपालीमा धोका भोग्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले अब सरकारले विभिन्न राष्ट्रमा पारवहन सुविधाको सन्धि गरेर समस्त नेपालीलाई अब छिट्टै नाकाबन्दीबाट मुक्त पार्न सरकारले नयाँ कदम चाल्न लागेको बताउनुभयो ।
उहाँले तराई केन्द्रित दलहरुले आफ्नो दलगत स्वार्थ त्यागेर पूरा गर्न सकिने मागलाई राजनीतिक सहमतिका माध्यमबाट कुरा गर्न सरकार तत्पर छ भन्नुभयो ।
यसैगरी उपप्रधानमन्त्री थापाले राप्रपा नेपालको सैद्धान्तिक पक्ष र आदर्शलाई कुनै आँच नपु¥याई राष्ट्रमा प्रजातान्त्रिक र राष्ट्रियतालाई बलियो तुल्याउन पार्टी सरकारमा प्रवेश गरेको बताउनुभयो ।
उहाँले आज राप्रपा मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सङ्गठनलाई दरिलो बनाउन कार्यकर्ता घरदैलो अभियानमा संलग्न हुनुपर्दछ भन्नुभयो ।
उपप्रधानमन्त्री थापाले मकवानपुर उद्योग वाणिज्य सङ्घका संस्थापक पूर्वअध्यक्ष रामकृष्ण गोर्खाली र नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय अध्यक्ष कुशकुमार जोशीलाई दोसल्ला ओढाइ अभिनन्दन गर्नुभयो ।
मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा भएको समारोहमा उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय अध्यक्ष कुशकुमार जोशीले हेटौँडा–काठमाडौँ सुरुङ मार्गलाई निर्माण गर्न सरकारलाई प्राविधिक एवम् आर्थिक सहयोग गर्न सरकारसँग माग गर्नुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा