
काठमाडौँ, २८ कात्तिक । इन्धन आयातको सम्भाव्यताबारे अध्ययन गर्न नेपाल आयल निगमको एक प्रतिनिधिमण्डल आज बङ्गलादेश प्रस्थान गरेको छ ।
भारतको अघोषित रुपमा नाकाबन्दीपछि मुलुकमा इन्धनको चरम सङ्कटका कारण विभिन्न विकल्पको खोजी गरिरहेको निगमले बङ्गलादेशबाट इन्धन आयातको सम्भाव्यता अध्ययन गर्न प्रतिनिधिमण्डल त्यसतर्फ पठाएको हो ।
प्रतिनिधिमण्डलमा रहनुभएका निगमका इन्जिनियरिङ विभागका प्रमुख एवम् निर्देशक वीरेन्द्र गोइत र प्रवक्ता मुकुन्द घिमिरेले बङ्गादेशबाट खाना पकाउने ग्यास, पेट्रोल, डिजल र हवाई इन्धन आयात गर्ने विषयमा द्विपक्षीय कुराकानी गर्नेछ ।
बङ्गलादेश उड्नुअघि रासससँगको कुराकानीमा प्रवक्ता घिमिरेले सबै विकल्पबारे बङ्गलादेशी अधिकारीसँग कुराकानी हुने जानकारी दिए ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर