
काठमाडौँ, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति विभिन्न स्थानमा भएका आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ ।
फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई आज शोक सन्देश पठाउँदै उहाँले शोकका यस घडीमा फ्रान्स सरकार र फ्रान्सेली जनताका पक्षमा नेपाल सरकार र नेपाली जनता रहेको बताउनुभएको छ । आततायी हमला फ्रान्सेली जनतामाथिको आक्रमण मात्र नभई खुला समाज, लोकतन्त्र र सभ्य समाजविरुद्धको आक्रमण भएको सन्देशमा उल्लेख गरिएको छ ।
आतङ्कवादको जुनसुकै स्वरुप र प्रकटीकरणका विरुद्ध नेपाल सरकार दृढतापूर्वक लागिरहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस प्रकारको आततायी घटनामा संलग्न जोकोहीलाई कानुनको कठघरामा उभ्याउनुपर्ने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट राष्ट्रपति होल्यान्डप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
यसैगरी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले आफ्ना फ्रान्सेली समकक्षी लरेँ फाबुइसलाई सन्देश पठाउँदै आतङ्कवादी आक्रमणको घोर निन्दाका सााथ त्यस्ता क्रियाकलापका विपक्षमा नेपालको स्थापित सिद्धान्त रहेको बताउनुभएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]