
काठमाडौँ, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार, नेपाल संवत्को नयाँ वर्ष र छठका उपलक्ष्यमा आज राष्ट्रपति भवन, शीतल निवासमा स्वागत समारोह आयोजना गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीका साथै व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, अन्य दलका अध्यक्ष तथा पदाधिकारी, पूर्वप्रधानमन्त्री लगायतको सहभागिता थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुक र जनताले भोगिरहेको वर्तमान दुःख र कठिनाइ हटाउनका लागि सबै दल र नेताहरुलाई मिलेर काम गर्न आग्रह गर्नुभएको राष्ट्रपति स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ