
महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्तीको अवसरमा मोर्डन कन्या मल्टिपल कलेजद्वारा आज यहा आयोजित बृदह कविता वाचन कार्यक्रममा देवकोटाको तस्विरमा माल्र्यापण गरी अभिवादन गर्नुहुदै वरिष्ट साहित्यकार तुलसी दिवस । तस्विर नारायण न्यौपाने रासस
काठमाडौँ २५ कातिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औँ जन्मजयन्तीको अवसरमा मोडर्न कन्या मल्टिपल कलेज बानेश्वरले आज बृहत् कविता वाचन कार्यक्रमको आयोजना गरेको छ ।
कविता वाचन गर्न त्यहाँ पुग्नुभएका कवि एवम् साहित्यकारले नेपाली साहित्यको श्रीवृद्धिका लागि महाकविले के दिएनन् भनेर खोज्नु पर्ला तर दिएका कुरा धेरै छन् भन्नुभयो ।
नेपाली साहित्यमा आशुकवि, प्रगतिवादीकवि, संवेदनाका कवि हुँदै महाकविका नामले परिचित देवकोटालाई स्वाभिमान, इमान्दार र राष्ट्रप्रति असाध्यै प्रेमभाव राख्ने कविका रुपमा उहाँहरुले चित्रण गर्नुभयो ।
स्व देवकोटाको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ साहित्यकार तुलसी दिवसले उहाँप्रति श्रद्धासुमन प्रकट गर्नुभयो ।
साहित्यकार एवम् कलेज सञ्चालक समितिका अध्यक्ष रामप्रसाद दाहाल, कविहरु रामप्रसाद पन्त, राधेश्याम लेकाली, ठाकुर शर्मा, ज्ञानेन्द्र भट्टराई, सचिन पोखरेल, अनिता आचार्य, कृष्णप्रसाद अधिकारीलगायतले राष्ट्र, राष्ट्रियता, मुलुकले नाकाबन्दीका कारण सामना गर्नुपरेको सङ्कट, राजनीतिमा देखिएको विसङ्गतिमाथि केन्द्रित रहेर रचना गरिएका कविता वाचन गर्नुभयो ।
महाकवि लक्ष्मीप्रसादको जन्म विसं १९६६ साल कातिक २७ गते भएको थियो । महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा उक्त कलेजले आयोजना गर्ने कार्यक्रमपछि साहित्यकार एवम अन्य पाहुनालाई सेल रोटी (च्वाँई रोटी) र आलुको अचार खुवाउने गरेकामा यस पटक ग्यासको अभावले त्यो सम्भव नभएको जानकारी गराइयो ।
कलेजका अध्यक्ष दाहालले भन्नुभयो, “भारतीय पक्षबाट भएको नाकाबन्दीको कारण सेल रोटी पकाउन सकिएन यसपाली यस्तै भयो ।”
सो अवसरमा कलेजका छात्राले भैलो कार्यक्रमसमेत गरेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त