
महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्तीको अवसरमा मोर्डन कन्या मल्टिपल कलेजद्वारा आज यहा आयोजित बृदह कविता वाचन कार्यक्रममा देवकोटाको तस्विरमा माल्र्यापण गरी अभिवादन गर्नुहुदै वरिष्ट साहित्यकार तुलसी दिवस । तस्विर नारायण न्यौपाने रासस
काठमाडौँ २५ कातिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औँ जन्मजयन्तीको अवसरमा मोडर्न कन्या मल्टिपल कलेज बानेश्वरले आज बृहत् कविता वाचन कार्यक्रमको आयोजना गरेको छ ।
कविता वाचन गर्न त्यहाँ पुग्नुभएका कवि एवम् साहित्यकारले नेपाली साहित्यको श्रीवृद्धिका लागि महाकविले के दिएनन् भनेर खोज्नु पर्ला तर दिएका कुरा धेरै छन् भन्नुभयो ।
नेपाली साहित्यमा आशुकवि, प्रगतिवादीकवि, संवेदनाका कवि हुँदै महाकविका नामले परिचित देवकोटालाई स्वाभिमान, इमान्दार र राष्ट्रप्रति असाध्यै प्रेमभाव राख्ने कविका रुपमा उहाँहरुले चित्रण गर्नुभयो ।
स्व देवकोटाको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ साहित्यकार तुलसी दिवसले उहाँप्रति श्रद्धासुमन प्रकट गर्नुभयो ।
साहित्यकार एवम् कलेज सञ्चालक समितिका अध्यक्ष रामप्रसाद दाहाल, कविहरु रामप्रसाद पन्त, राधेश्याम लेकाली, ठाकुर शर्मा, ज्ञानेन्द्र भट्टराई, सचिन पोखरेल, अनिता आचार्य, कृष्णप्रसाद अधिकारीलगायतले राष्ट्र, राष्ट्रियता, मुलुकले नाकाबन्दीका कारण सामना गर्नुपरेको सङ्कट, राजनीतिमा देखिएको विसङ्गतिमाथि केन्द्रित रहेर रचना गरिएका कविता वाचन गर्नुभयो ।
महाकवि लक्ष्मीप्रसादको जन्म विसं १९६६ साल कातिक २७ गते भएको थियो । महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा उक्त कलेजले आयोजना गर्ने कार्यक्रमपछि साहित्यकार एवम अन्य पाहुनालाई सेल रोटी (च्वाँई रोटी) र आलुको अचार खुवाउने गरेकामा यस पटक ग्यासको अभावले त्यो सम्भव नभएको जानकारी गराइयो ।
कलेजका अध्यक्ष दाहालले भन्नुभयो, “भारतीय पक्षबाट भएको नाकाबन्दीको कारण सेल रोटी पकाउन सकिएन यसपाली यस्तै भयो ।”
सो अवसरमा कलेजका छात्राले भैलो कार्यक्रमसमेत गरेका थिए ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त