काठमाडौँ, २५ कात्तिक । साहित्य अनुरागीहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिको गहिरो अध्ययन हुनुपर्नेमा जोड दिएका छन् ।
महाकवि देवकोटाको १०७औँ जन्मजयन्तीका अवसरमा रत्न पुस्तकालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले देवकोटा देशको बौद्विक राष्ट्रिय चिन्तनका परिकल्पनाकार भएकाले उहाँका बारेमा अध्ययन र अनुसन्धान अझै अपर्याप्त भएको बताए ।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले नाकाबन्दीले नेपालीहरुको मानसिकता कमजोर बनाएको बेला महाकविको निबन्ध ‘के नेपाल सानो छ ?’ अध्ययन गरेर उत्प्रेरणा लिनुपर्ने बताए ।
नेपाल प्रज्ञाप्रतिष्ठान कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकविका कृतिको अत्यधिक समालोचकले समालोचना गरेतापनि उहाँका कृतिमा भएको गहनताका कारण पर्याप्त भने नभएको बताए ।
महाकविका सुपुत्र डा पद्मप्रसाद देवकोटाले महाकविको सौन्दर्य चेतनाबारे अध्ययन गर्नुपर्ने बताए । उनले महाकविको भौतिकभन्दा बौद्विक सम्पदा महत्वपूर्ण भएकाले राज्यको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिए ।
सांसद मनमोहन भट्टराई, पुस्तकालयका अध्यक्ष शशीविक्रम राणा, स्रष्टा पद्मसिंह कार्की, विद्यालयका प्रधानाध्यापिका गीता खरेल शिवाकोटीलगायतले महाकवि देवकोटाका बारेमा वैज्ञानिक ढङ्गले अध्ययन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रत्न पुस्तकालयले महाकवि देवकोटालगायतका विभिन्न साहित्य कृतिलाई समेटेर तयार पारेको पुस्तक ‘पूजा’ को लोकार्पण गरिएको थियो ।
सोही अवसरमा रत्नराज्य विद्यालयमा विगत ४६ वर्षदेखि सेवा पुरयाएकी ९० वर्षीया वृद्वा मिश्री महर्जनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, जन्मजयन्तीकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय