काठमाडौँ, २५ कात्तिक । साहित्य अनुरागीहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिको गहिरो अध्ययन हुनुपर्नेमा जोड दिएका छन् ।
महाकवि देवकोटाको १०७औँ जन्मजयन्तीका अवसरमा रत्न पुस्तकालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले देवकोटा देशको बौद्विक राष्ट्रिय चिन्तनका परिकल्पनाकार भएकाले उहाँका बारेमा अध्ययन र अनुसन्धान अझै अपर्याप्त भएको बताए ।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले नाकाबन्दीले नेपालीहरुको मानसिकता कमजोर बनाएको बेला महाकविको निबन्ध ‘के नेपाल सानो छ ?’ अध्ययन गरेर उत्प्रेरणा लिनुपर्ने बताए ।
नेपाल प्रज्ञाप्रतिष्ठान कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकविका कृतिको अत्यधिक समालोचकले समालोचना गरेतापनि उहाँका कृतिमा भएको गहनताका कारण पर्याप्त भने नभएको बताए ।
महाकविका सुपुत्र डा पद्मप्रसाद देवकोटाले महाकविको सौन्दर्य चेतनाबारे अध्ययन गर्नुपर्ने बताए । उनले महाकविको भौतिकभन्दा बौद्विक सम्पदा महत्वपूर्ण भएकाले राज्यको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिए ।
सांसद मनमोहन भट्टराई, पुस्तकालयका अध्यक्ष शशीविक्रम राणा, स्रष्टा पद्मसिंह कार्की, विद्यालयका प्रधानाध्यापिका गीता खरेल शिवाकोटीलगायतले महाकवि देवकोटाका बारेमा वैज्ञानिक ढङ्गले अध्ययन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रत्न पुस्तकालयले महाकवि देवकोटालगायतका विभिन्न साहित्य कृतिलाई समेटेर तयार पारेको पुस्तक ‘पूजा’ को लोकार्पण गरिएको थियो ।
सोही अवसरमा रत्नराज्य विद्यालयमा विगत ४६ वर्षदेखि सेवा पुरयाएकी ९० वर्षीया वृद्वा मिश्री महर्जनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै, जन्मजयन्तीकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित