
शुभ दिपावलीको अवसरमा रिपोर्टर्स क्लव नेपालले आज आयोजना गरेको देउसी भैलो कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, २५ कात्तिक । तराई–मधेसको समस्या समाधानमा केन्द्रित रहेर प्रमुख राजनीतिक दलबीच आज गम्भीर छलफल भएको छ ।
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादीका नेताहरु र नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवाबीच छलफल भएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको कार्यवाहक सभापति पौडेलले जानकारी दिए । दुई दलका नेताबीच भइरहेको छलफलमा नेकपा (एमाले) का उपाध्यक्ष एवम् उपप्रधान तथा रक्षामन्त्री भीम रावल सामेल भएका थिए ।
छलफलमा काँग्रेस नेताहरुले संविधान संशोधन गरेर तत्काल मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग छुट्टाछुट्टै भेट गरी आपूर्तिमा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्नुपर्ने धारणा राखेको थियो ।
काँग्रेसले बिहीवार मधेसी मोर्चासँग छुट्टै छलफल गर्ने र त्यसपछि एमाओवादीलाई समेत सहभागी बनाएर वार्तामा बस्ने सहमति भएको कावा सभापति पौडेलले बताए ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक