भक्तपर, २४ कात्तिक । गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनरत मधेसी मोर्चाको मागप्रति सरकार गम्भीर भएको बताउनु भएको छ ।
आज साँझ भक्तपुरको व्यासीमा इन्द्रेणी सांस्कृतिक समाज ‘इसास’ले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उहाँले मोर्चाको मागप्रति सरकार गम्भीर भएकाले वार्तामा बस्न आग्रह गर्नुभएको हो ।
उहाँले सरकारसँग वार्तामा बस्दा आन्दोलन गर्नैपर्ने भए पनि नाकाबन्दी खोल्नेगरी आन्दोलनको स्वरुप परिवर्तन गरेर वार्तामा बस्न उहाँले आग्रह गर्नुभयो ।
गृहमन्त्री बस्नेतले भन्नुभयो—“अरूको उक्साहटमा आमजनतालाई दुःख दिने आन्दोलन छाडेर वार्तामा बस्नुहोस्, आन्दोलनरत पक्षको माग पूरा गर्ने सवालमा सरकार गम्भीर र संवेदशनशील छ ।”
हिजोको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत मोर्चालाई वार्ताका लागि औपचारिक रुपमै आह्वान गर्ने र वार्तामा आन्दोलन पक्षको मागप्रति सरकार लचक हुने निर्णय गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नृत्य प्रशिक्षकद्वय महेश्वर कारजी, सीताराम होना र बालाखु गणेश भजन मण्डलका गुरु हरिभक्त सुवाललाई सम्मान गरिएको थियो ।
तुलसीनारायण व्यञ्जूको सभापतित्वमा सम्पन्न कार्यक्रमको बेपत्ता परिवारको आमा ईन्द्रकेशरी श्रेष्ठले उद्घाटन भएको थियो भने पूर्वसभासद् सत्यलाल मूल, युवानेता सुनिल बाँसुलगायतले नाकाबन्दी मानवअधिकार विरोधी कार्य भएको बताउनुभएको थियो ।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन