काठमाडौँ, २४ कात्तिक । मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर आज सिंहदरबारमा रमाइलो र नेपालीले अवलम्बन गर्नैपर्ने दृश्य पनि देख्न पाइयो ।
सन्दर्भ हो विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’ भन्ने अभियान लागू गर्ने उद्देश्यले आयोजना गरिएको समारोहको ।
प्रमुख अतिथि हुनुहुन्थ्यो, विज्ञान प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान । सदा जस्तै सवारी साधनमा झन्डा हल्लाएर हिँड्ने मन्त्री पासवान आज सिंहदरबारबाट साइकल चढेर आफ्नो निवास गौशाला पिङ्लास्थान लाग्नुभयो । उहाँमात्रै होइन, उहाँका सुरक्षाकर्मीसमेत साइकल नै चढेर सुरक्षामा खटिनुभयो ।
मन्त्रीमात्रै होइन, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल पनि साइकल नै चढेर आफ्नो निवास जानुभयो । यो रमाइलो दृश्य रमाइलोका लागि आयोजना गरिएको थिएन । भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दीका कारण इन्धनको सङ्कट भएपछि त्यसलाई हटाउनका लागि साइकल चढ्ने अभियानको सुरुवात गरिएको हो ।
मन्त्रालयले साइकल चढ्ने संस्कार विस्तार गर्न र त्यसलाई अभियानका रुपमा अगाडि बढाउनका लागि आजबाट उक्त अभियान सुरु गरिएको हो । साङ्केतिक रुपमा भए पनि सुरु गरिएको पहिलो चरणको सो अभियानमा मन्त्रालयले १० वटा साइकल प्रयोग गर्नेछ ।
‘इन्धनको प्रयोग घटाऔँ र वातावरणमैत्री सवारी साधनको प्रयोग गरौँ’ भन्ने मान्यतालाई स्थापित गर्न साइकललाई प्राथमिकता दिएको सचिव पौडेलले बताउनुभयो ।
नेपाल इन्धन आयात गर्ने मुलुक भएकाले पेट्रोलियम पदार्थको प्रयोग घटाउने र साइकल संस्कृतिलाई बढावा दिने उद्देश्यले सो अभियान सुरु गरिएको हो ।
आफू त तराई मधेसको बासिन्दा न परँे, साइकल चढ्न रमाइलो लाग्छ, मन्त्री पासवानको सङ्क्षिप्त प्रतिक्रिया थियो । साइकल चलाउन सिपालु मन्त्री पासवानलाई त साइकलको यात्रा रमाइलो नै लागेको थियो, तर उहाँका सुरक्षाकर्मीमध्ये एकलाई भने साइकल चलाउन नआउने भएकाले समस्या परेको थियो ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार