
याङ्गुन, २४ कात्तिक । म्यानमारमा यही नोभेम्बर ८ मा सम्पन्न आमनिर्वाचनको परिणाम अनुसार सत्ताधारी दलले प्रतिपक्षी आङ सान सुकीको दलसँग पूर्णरुपमा पराजय भोग्नुपर्ने अवस्था देखिएको समाचार छ ।
म्यानमारमा सत्तारुढ दलका एक वरिष्ठ सदस्यले मङ्गलबार सो जानकारी दिएका छन् । अहिलेसम्म गणना भएको मत अनुसार सुकीको दल निकै अगाडि देखिएको छ ।
यस निर्वाचन परिणाममा सुकीको पार्टी नेसनल लिग फर डेमोक्र्यासी (एनएलडी) को अवस्था अत्यन्तै बजबुद देखिएको छ ।
संसदको तल्लो सदनको ५४ सिट घोषणा भएकोमा एनएलडीले नै ४९ स्थानमा विजय हासिल गरेको छ । सत्ताधारी दलको पार्टी युनियन सोलिड्यारिटी एण्ड डिभलपमेन्ट (एनएलडी) भने तीन सिटमा मात्र विजय हासिल गर्न सफल भएको प्राप्त समाचारमा जनाइएको छ ।
एनएलडी वरिष्ठ सदस्यले आफ्नो पार्टीको पूर्ण रुपमा पराजय र एनएलडीको विजय भएको जनाएका छन् ।
त्यसैगरी एनएलडी वरिष्ठ सदस्य सुकी पनि विजयी भएको एएफपीलाई जानकारी दिएका छन् ।
सन् १९९० मा सैनिक शासकले गराएको आमनिर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचित हुनुभएको थियो ।
भए पनि षड्यन्त्रपूर्वक सुकीको दल नेसनल लिग फर डेमोक्र्यासीलाई भने सत्ताको नेतृत्व गर्न दिइएको थिएन ।
तर यस पटक भने आइतबार भएको आमनिवार्चनको अगाडि नै राष्ट्रपति थान सेनले एक टेलिभिजनलाई दिनुभएको अन्तरर्वातामा सत्ताधारी दल अर्थात सेनाले निर्वाचनको परिणामलाई स्विकार्ने बताउनु भएको छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित