काठमाडौँ, २४ कात्तिक । नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालमा संविधान जारी भएपछि तराईमा देखिएको राजनीतिक समस्या राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले राजनीतिक समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्नेमा जोड दिए ।
नेपाल–भारत सीमामा देखिएको समस्याले नेपाल र भारत दुवै देशलाई फाइदा नगर्ने बताउँदै उनले जतिसक्दो चाँडो समस्याको समाधान भई सहज अवस्था सिर्जना हुने विश्वास व्यक्त गरे ।
पछिल्लो समयमा नेपालमा भारत विरोधी भावना विकास हुँदै गएका प्रति चिन्ता व्यक्त गर्दै राजदूत रायले भने, “भारत विरोधी भावना बढ्दा दुवै देशलाई फाइदा गर्दैन, यसले हामीलाई दुःखी बनाएको छ ।”
उनले भने, “हाम्रो सम्बन्ध ऐतिहासिक एवम् सांस्कृतिक हो, हामी एक अर्काका दुश्मन हुन सक्दैनौँ, एक अर्कालाई पीडा दिने पनि होइन ।”
नयाँ परिस्थितिमा दुई देशको सम्बन्ध नयाँ ढङ्गले विस्तार गर्न चाहेको उल्लेख गर्दै राजदूत रायले ऐतिहासिक दस्तावेज संविधान जारी हुँदा नेपालका सबै समुदायले न्याय पाउनुपर्ने बताए ।
उनले आन्दोलनरत दलका माग सम्बोधन भएमा सहज वातावरण बन्ने विश्वास व्यक्त गरेका थिए । राजदूत रायले चाँडो आपूर्ति सहज हुन्छ भनेर आफूलाई उद्धरण गरेर आएका समाचारमा सत्यता नरहेको स्पष्ट पारे । उनले भने, “नाका सञ्चालनमा आउने भनेर आएका समाचार अनुमान मात्र हुन् ।”
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित