जिरी, २४ कात्तिक । पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल बन्द भएको २५ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ ।
उद्योग वाणिज्य सङ्घ जिरीले आज आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जिरीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न बन्द रहेको विमानस्थल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने जानकारी दिए ।
जिरीमा रहेको ४०० वर्गमि क्षेत्रको हवाई मैदान चौथाइ शताब्दीदेखि गौचरनका लागि प्रयोग हुँदै आएको छ । जिरीस्थित पशु विकास फार्मका नाममा नापनक्सा रहेको हवाई मैदान प्रयोगविहीन भएका कारण पशु विकास फार्मले गौचरन बनाएको हो ।
विमानस्थल सञ्चालनमा आए जिरी हुँदै सोलुखम्बु जाने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनाका साथै जिरीको व्यायापारमा वृद्धि हुने जिरीवासीको अपेक्षा छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित