काठमाडौँ, २३ कात्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ ।
मोर्चाले सरकारले आफ्ना नेता तथा कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरूलाई रिहा नगरी वार्तामा बस्न नसकिने बताएको बुझिएको छ । तराई–मधेसमा देखिएको समस्याका कारण दैनिक जनजीवन प्रभावित भएको र इन्धनलगायत दैनिक अत्यावश्यकीय वस्तुको आयात समेत प्रभावित भएकाले आजको वार्तामार्फत समस्याको समाधान गर्न पहल गर्ने विश्वास लिइएको थियो ।
मोर्चाले आइतबार सप्तरीको भारदह र रुपनीमा पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको बताउँदै वार्तामा बस्न अप्ठ्यारो परेको जनाएको छ ।
सामान्य प्रशासनमन्त्री रेखा शर्माले आज सरकार र मोर्चाबीच अपराह्न १ बजे वार्ता हुने तय भए पनि अन्तिम समयमा आएर स्थगन भएको बताउनुभयो । उहाँले सरकार सार्थक वार्ताको वातावरणमा लागिपरेको र समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै कुनै पनि बहानामा मोर्चा भाग्न नहुने बताए ।
मोर्चा सम्बद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पक्राउ परेका नेता तथा कार्यकर्ता नछाडिएका कारण आज वार्तामा सहभागी हुन नसक्ने जानकारीसरकारलाई गराइएको बताए । ‘‘हामी पनि समस्या समाधान होओस् भन्ने पक्षमा छाँै तर सरकारले नै हाम्रा नेता तथा कायकर्ता थुनेर राखेको छ, उनीहरू रिहाइ हुनुपर्छ, अनि हामी वार्तामा बस्छौँ”, कर्णले भने ।
आइतबार साँझ प्रमुख तीन दलबीच भएको वार्तामा वार्ता र संवाद मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने सहमति भएको थियो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता