काठमाडौँ, २३ कात्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ ।
मोर्चाले सरकारले आफ्ना नेता तथा कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरूलाई रिहा नगरी वार्तामा बस्न नसकिने बताएको बुझिएको छ । तराई–मधेसमा देखिएको समस्याका कारण दैनिक जनजीवन प्रभावित भएको र इन्धनलगायत दैनिक अत्यावश्यकीय वस्तुको आयात समेत प्रभावित भएकाले आजको वार्तामार्फत समस्याको समाधान गर्न पहल गर्ने विश्वास लिइएको थियो ।
मोर्चाले आइतबार सप्तरीको भारदह र रुपनीमा पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको बताउँदै वार्तामा बस्न अप्ठ्यारो परेको जनाएको छ ।
सामान्य प्रशासनमन्त्री रेखा शर्माले आज सरकार र मोर्चाबीच अपराह्न १ बजे वार्ता हुने तय भए पनि अन्तिम समयमा आएर स्थगन भएको बताउनुभयो । उहाँले सरकार सार्थक वार्ताको वातावरणमा लागिपरेको र समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै कुनै पनि बहानामा मोर्चा भाग्न नहुने बताए ।
मोर्चा सम्बद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पक्राउ परेका नेता तथा कार्यकर्ता नछाडिएका कारण आज वार्तामा सहभागी हुन नसक्ने जानकारीसरकारलाई गराइएको बताए । ‘‘हामी पनि समस्या समाधान होओस् भन्ने पक्षमा छाँै तर सरकारले नै हाम्रा नेता तथा कायकर्ता थुनेर राखेको छ, उनीहरू रिहाइ हुनुपर्छ, अनि हामी वार्तामा बस्छौँ”, कर्णले भने ।
आइतबार साँझ प्रमुख तीन दलबीच भएको वार्तामा वार्ता र संवाद मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने सहमति भएको थियो ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित