धनकुटा, २३ कात्तिक । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री तराई झरेर मधेसी जनतालाई सम्झाएमा भारतले सिमानामा गरेको नाकाबन्दी हट्ने जिकिर गरेका छन् ।
नेपाल प्रेस युनियनले आज बिहान यहाँ गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भारतले मधेसको आन्दोलनलाई आधार बनाएर नाकाबन्दी गरेकाले मधेसीलाई सम्झाउन सके नाकाबन्दी हट्ने विश्वास व्यक्त गरे ।
नेता थापाले आन्दोलनरत मधेसीलाई पनि संसद्मा आवाज उठाउने ठाउँ हुँदा हुँदै नाकामा अवरोध गरेर जनतालाई नसताउन आग्रह गरे । शत्रुलाई पनि गर्न नहुने गरी भारतले गरेको नाकाबन्दी अमानवीय भएको बताउँदै उनले आपत्ति जनाएका थिए । एक फरक प्रसङ्गमा नेता थापाले काँग्रेसभित्र गुटबन्दी आगामी महाधिवेशनले अन्त्य गरेरै छाड्ने जिकिर गरे ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता