काठमाडौँ । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ ।
मोर्चाले सरकारले आफ्ना नेता तथा कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरुलाई रिहा नगरी वार्तामा बस्न नसकिने बताएको बुझिएको छ । तराई–मधेसमा देखिएको समस्याका कारण दैनिक जनजीवन प्रभावित भएको र इन्धनलगायत दैनिक अत्यावश्यकीय वस्तुको आयात समेत प्रभावित भएकाले आजको वार्तामार्फत समस्याको समाधान गर्न पहल गर्ने विश्वास लिइएको थियो ।
मोर्चाले आइतबार सप्तरीको भारदह र रुपनीमा पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको बताउँदै वार्तामा बस्न अप्ठ्यारो परेको जनाएको छ ।
सामान्य प्रशासनमन्त्री रेखा शर्माले आज सरकार र मोर्चाबीच अपराह्न १ बजे वार्ता हुने तय भए पनि अन्तिम समयमा आएर स्थगन भएको बताउनुभयो । उहाँले सरकार सार्थक वार्ताको वातावरणमा लागिपरेको र समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै कुनै पनि बहानामा मोर्चा भाग्न नहुने बताउनुभयो ।
मोर्चा सम्बद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पक्राउ परेका नेता तथा कार्यकर्ता नछाडिएका कारण आज वार्तामा सहभागी हुन नसक्ने जानकारीसरकारलाई गराइएको बताउनुभयो । ‘‘हामी पनि समस्या समाधान होओस् भन्ने पक्षमा छाैं तर सरकारले नै हाम्रा नेता तथा कायकर्ता थुनेर राखेको छ, उनीहरु रिहाइ हुनुपर्छ, अनि हामी वार्तामा बस्छौँ”, कर्णले भन्नुभयो ।
आइतबार साँझ प्रमुख तीन दलबीच भएको वार्तामा वार्ता र संवाद मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने सहमति भएको थियो । रासस
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’