काठमाडौँ, २२ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले मानवीय सङ्कट र मानव अधिकारमा परेको प्रभावका बारेमा सरकार, आन्दोलनरत पक्ष र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको जनाएको छ ।
आयोगले आज सार्वजनिक गरेको मानव अधिकार स्थितिपत्रमा नेपाल–भारत सीमामा देखिएको अवरोधका कारण सिर्जना भएको मानवीय सङ्कट एवम् जीवनको अधिकार, बालअधिकार, स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, पेसा व्यवसाय गर्न पाउने अधिकार, खाद्यान्नको अधिकार र महिलाको अधिकारलगायत मानव अधिकारमा प्रत्यक्ष प्रभाव परेको जनाएको छ ।
आयोगले नेपालको स्थितिपत्रमा मानव अधिकार संस्थाको एसिया प्रशान्त क्षेत्रीय मञ्च, अन्तर्राष्ट्रिय समन्वय समिति र मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालयमा समेत जानकारी गराएको उल्लेख गरेको छ ।
आयोगले मुलुकमा उत्पन्न मानवीय सङ्कटका कारण नेपालको संविधान एवम् नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धी तथा अन्तर्राष्ट्रिय दस्तावेजले प्रत्याभूत गरेका अधिकारको उपभोगमा गम्भीर असर परेको जनाएको छ ।
त्यस्तै, त्यस्तो असरलाई सम्बोधन गर्न आयोगले सरकार, तराई–मधेस केन्द्रित आन्दोलनरत पक्ष, अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता