काठमाडौँ, २२ कात्तिक । इन्धन अभावका कारण मुलुकका निजी क्षेत्रका वायु सेवा कम्पनीका ७५ प्रतिशतभन्दा बढी उडान कटौती भएको छ ।
नेपाल वायु सेवा निगमले भारतको कोलकाताबाट इन्धन आपूर्ति नगर्दा सञ्चालनमा रहेका निजी सेवा प्रदायकले इन्धन नपाएपछि उडान कटौती गरेका हुन् ।
नेपाल आयल निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डिपोले इन्धन सङ्कट भएका कारण हवाई इन्धन उपलब्ध गराउन नसक्ने बताएपछि उडान कटौती गर्न बाध्य भएको यति एयरलाइन्सका मेनेजर भीमराज राईले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुकका विभिन्न स्थानमा हुँदै आएका करिब चार दर्जनभन्दा बढी उडान प्रभावित हुँदा हवाई यात्रु मर्कामा परेका छन् ।
आन्तरिक उडान नहुने भएपछि विमानस्थलको आन्तरिक कक्ष शून्यप्रायः अवस्थामा रहेको थियो । विमानस्थलबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिकका एकाध उडानबाहेक अरू उडान भने ठप्प भएका थिए । मेनेजर राईले यति एयरलाइन्सका कुल ४० उडानमध्ये दुई वटा मात्रै उडान भएको बताए ।
नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले सोमबार भारतको कोलकातामा तीन उडान गर्ने र प्रतिउडान ३० टनका दरले इन्धन ल्याउने बताए । निगमले आज काठमाडौँ–कोलकाता उडान गरेर करिब ६० टन इन्धन ल्याएको छ ।
निजी हवाई सेवा प्रदायक कम्पनीलाई सहज उडानका लागि दैनिक एक लाख ४० हजार लिटर हवाई इन्धनको आवश्यकता पर्दछ ।
इन्धन अभावका कारण अत्यावश्यकीय सेवाको रुपमा रहेको हवाई यातायात बन्द भएको नेपालको इतिहासमा यो पहिलो पटक हो । निगमका त्रिभुवन विमानस्थल डिपोका प्रमुख प्रदीप यादवले इन्धन सङ्कटका कारण उडान कटौती गर्न आफूहरूले आग्रह गरेको बताए ।
अन्तर्राष्ट्रिय सेवा प्रदायकले भने आफैँ इन्धन भरेर आउने गरेका कारण समस्या नहुने देखिएको छ । वायु सेवा निगमले पनि जुन स्थानमा उडान गर्छ सोही स्थानबाट इन्धन आयात गर्ने गरेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा