
नेकपा–माओवादी र नेकपा(एकीकृत)ले आज संयुक्त एकता अधिवेशन मार्फत पार्टी एकता घोषणा गरेका छन् । तस्बिर ः किरण भट्टराई, रासस
काठमाडौँ, २२ कात्तिक । नेकपा–माओवादी र नेकपा(एकीकृत)बीच पार्टी एकता भएको छ । माओवादीको उपत्यका ब्युरोका कार्यालय कुपण्डोलमा आज आयोजित संयुक्त एकता अधिवेशनमार्फत दुई पार्टीबीच एकता घोषणा भएको हो ।
दुई पार्टी एकतापछि पार्टीको नाम नेकपा (माओवादी क्रान्तिकारी) राख्ने सहमति भए पनि त्यसको अन्तिम टुङ्गो राष्ट्रिय सम्मेलनले गर्ने भएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष वैद्यले नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यसहित दुई पार्टीबीच एकता गरिएको बताए ।
एकीकृतसँग मात्रै होइन नेपालमा छरिएर रहेका सबै माओवादी पार्टीबीच एकता अहिलेको आवश्यकता भएको बताउँदै उनले त्यसका लागि आफ्नो पार्टीले पहल गरिरहेको जानकारी दिए ।
उनले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले अहिले धक्का खाएको अवस्था भए पनि त्यो फेरि उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
भारतले गरेको अघोषित नाकाबन्दीले नेपालमा फेरि राष्ट्रियताको आन्दोलनको आवश्यकतालाई पुष्टि गरेको बताउँदै भारतीय हस्तक्षेपको सबै नेपाली मिलेर सामना गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
मधेसी जनताको माग सही भए पनि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका पार्टी भने भारतको पक्षमा रहेको उनले आरोप लगाए ।
एकीकृतका महासचिव परी थापाले मुलुकका सामु देखापरेका चुनौतीको सामना गर्न र क्रान्तिको दायित्व पूरा गर्न एकता गरिएको बताए । दुई पार्टीबीच तीन वर्ष अगाडिदेखि एकताको प्रयास गरिए पनि अहिले आएरमात्रै त्यसले सार्थकता पाएको उनले जानकारी दिए ।
आज नै दुई पार्टीको संयुक्त केन्द्रीय समिति विघटन गरी सम्मेलन आयोजक समिति बनाएर राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मिति तय गर्ने आयोजकले जानकारी दिए ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय