
नेकपा–माओवादी र नेकपा(एकीकृत)ले आज संयुक्त एकता अधिवेशन मार्फत पार्टी एकता घोषणा गरेका छन् । तस्बिर ः किरण भट्टराई, रासस
काठमाडौँ, २२ कात्तिक । नेकपा–माओवादी र नेकपा(एकीकृत)बीच पार्टी एकता भएको छ । माओवादीको उपत्यका ब्युरोका कार्यालय कुपण्डोलमा आज आयोजित संयुक्त एकता अधिवेशनमार्फत दुई पार्टीबीच एकता घोषणा भएको हो ।
दुई पार्टी एकतापछि पार्टीको नाम नेकपा (माओवादी क्रान्तिकारी) राख्ने सहमति भए पनि त्यसको अन्तिम टुङ्गो राष्ट्रिय सम्मेलनले गर्ने भएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष वैद्यले नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यसहित दुई पार्टीबीच एकता गरिएको बताए ।
एकीकृतसँग मात्रै होइन नेपालमा छरिएर रहेका सबै माओवादी पार्टीबीच एकता अहिलेको आवश्यकता भएको बताउँदै उनले त्यसका लागि आफ्नो पार्टीले पहल गरिरहेको जानकारी दिए ।
उनले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले अहिले धक्का खाएको अवस्था भए पनि त्यो फेरि उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
भारतले गरेको अघोषित नाकाबन्दीले नेपालमा फेरि राष्ट्रियताको आन्दोलनको आवश्यकतालाई पुष्टि गरेको बताउँदै भारतीय हस्तक्षेपको सबै नेपाली मिलेर सामना गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
मधेसी जनताको माग सही भए पनि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका पार्टी भने भारतको पक्षमा रहेको उनले आरोप लगाए ।
एकीकृतका महासचिव परी थापाले मुलुकका सामु देखापरेका चुनौतीको सामना गर्न र क्रान्तिको दायित्व पूरा गर्न एकता गरिएको बताए । दुई पार्टीबीच तीन वर्ष अगाडिदेखि एकताको प्रयास गरिए पनि अहिले आएरमात्रै त्यसले सार्थकता पाएको उनले जानकारी दिए ।
आज नै दुई पार्टीको संयुक्त केन्द्रीय समिति विघटन गरी सम्मेलन आयोजक समिति बनाएर राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मिति तय गर्ने आयोजकले जानकारी दिए ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए