
निर्मल लामा स्मृति प्रतिष्ठानको दोस्रो साधारण सभालाई सम्बोधन गर्नुहुँदै एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल । तस्विरः रमेश लम्साल
काठमाडौँ, २२ कात्तिक । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताएका छन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले नेपालको पक्षमा स्वतन्त्ररुपमा निर्णय गरेबापत तथा नेपालीको हित र चासोलाई सम्बोधन गरेबापत नाकाबन्दी भोग्नुपर्ने चलन कस्तो हो भन्ने प्रश्न गरे ।
अध्यक्ष दाहालको थप प्रश्न थियो– “नेपालीले संविधान बनाएबापत, नेपालको आफ्नो निर्णय आफैँ गरेबापत भोकै बस्नुपर्ने, पैदल हिँड्नुपर्ने, चुल्हो बाल्न रोक्नुपर्ने, औषधि उपचार नपाएर मर्नुपर्ने यो कस्तो छिमेकीको व्यवहार हो ? अमानवीय नाकाबन्दी लाग्नुका कारण के हो ? के लोकतन्त्रमा यस्तै हुन्छ ?”
नेपालको पक्षमा बोल्दा र नेपाली जनताको पक्षमा निर्णय गर्दा कुनै पनि मुलुकको विरोध गरेको बुझ्न नहुने उल्लेख गर्दै उनले आफूहरू भारतसँग समानताका आधारमा सम्बन्ध स्थापित होस् भन्नेमा रहेको तर सधैँ पेल्नखोजे सहन नसक्ने स्पष्ट पारे ।
नेपालको सार्वभौमसत्ता, अखण्डता र आत्मसम्मानको कुरा गर्दा कुनै पनि मुलुकको विरोध गरेको भनेर नबुझ्न आग्रह गर्दै अध्यक्ष दाहालले भने– “यो कसैको विरोध होइन, हामी सबै छिमेकीसँग समान सम्बन्ध समानताका आधारमा कायम गर्न चाहन्छाँै ।”
तराई मधेसमा देखिएको आन्दोलन र असन्तुष्टिको सम्बोधन गर्न नेपालका राजनीतिक दल, सरकार र जनता आफैँसक्षम रहेको उल्लेख गर्दै उनले बाहिरका आएर यसो गर उसो गर भनेर अर्ती उपदेश दिनुको कुनै सन्दर्भ नरहेको बताए । उनले मधेसवादी दल, थारु तथा आदिवासी जनजाति समुदायले व्यक्त गरेको असन्तुष्टि हामी आफैँ समाधान गर्न तयार छाँै, त्यसको प्रयत्नसमेत भइरहेको जानकारी गराए ।
वार्ता र सम्बादबाटै नेपालको आन्तरिक समस्याको समाधान हुने उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमाथि परेको सङ्कट समाधान गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न केही समय सङ्कट परे पनि नेपालले पार पाउने विश्वास व्यक्त गरे ।
फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले भारतले संयुक्त राष्ट्र सङ्घको मानवअधिकार समितिको बैठकमा द्वन्द्वकालीन घटनाको प्रसङ्ग उठाएर नेपालको मौलिक शान्ति प्रक्रियामा अनावश्यक चासो व्यक्त गरेको बताए ।
नेकपा(एमाले)का नेता भरतमोहन अधिकारीले भारतले नेपालमा घोषितरुपमा नै नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनको खिल्ली उडाएको बताए ।
नेपाली राजनीतिक दलले संविधान बनाएबापत नाकाबन्दीमा पर्नुपर्ने, दुःख पीडा खेप्नुपर्ने अवस्था पूर्णत गलत भएको भन्दै उनले विश्व व्यापार सङ्गठनको आधारभूत पक्षलाई समेत भारतले उल्लङ्घन गरेको उनको भनाइ थियो ।
सरकारले उत्तरको नाका खोल्न र त्यसलाई व्यवस्थित गर्न चुक्न नहुने उल्लेख गर्दै नेता अधिकारीले राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाका लागि कुनै पनि सम्झौता गर्न नहुने स्पष्ट पारे । एकीकृत नेकपा (माओवादी) का नेता अमिक शेरचनले गरिखाने वर्गको पक्षमा नयाँ संविधानले केही अधिकार संस्थागत गरेको भए पनि पूर्ण नभएको उल्लेख गरे ।
उनले भारतले नेपालमाथि नाकाबन्दी लगाएर मानवीय सङ्कट खडा गरेकाले देशभक्त नेपाली एक हुनुपर्ने बताए ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ