बिहीबार, माघ ८ २०७७ | Thu, January 21, 2021
नेपालको समय: ०१:१२ | UK Time: 19:27

२७ ट्याङ्कर पेट्रोलियम पदार्थ लिन केरुङमा

वीनेपाली
२०७२ कार्तिक २१ गते २२:१३

धुन्चे (रसुवा), २१ कात्तिक । चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका २७ वटा ट्याङ्कर आज तिब्बतको केरुङ पुगेका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी आज काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन् भने २७ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ भर्न केरुङमै बसेका छन् ।

गत कात्तिक १४ गतेयता ४४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक