
काठमाडौँ, २० कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ ।
तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने ।
उज्यालो, पशुपक्षी पूजा, भ्रातृभगिनी प्रेम, मिठाइ र सेलरोटी सेवन, फूल तथा मुलुकको मौलिक नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक कात्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ । कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार पर्ने समितिले जनाएको छ । काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई मीठा खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ ।
नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी पस्दैन भन्ने छ । धार्मिक रुपमा नरक जानु नपर्ने र सुख शान्ति मिल्ने विश्वास रहेको प्रा डा गौतमले जानकारी दिए ।
कात्तिक २५ गते लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने पनि उनले जानकारी दिए । त्यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा छ ।
कात्तिक २६ गते गाईपूजा, गोबद्र्धन पूजा, गोरु र नेवारी समुदायको म्ह(आत्म)पूजा गरिन्छ । यसै दिन कात्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि सुरु हुन्छ । यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ । कात्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’