बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: २३:१३ | UK Time: 18:28

पाठशाला नेपालले लिस्वनमा चित्रकला प्रतियोगिता गर्ने

वीनेपाली
२०७२ कार्तिक २० गते ११:३३
12214296_137811029909536_1949023534_o
लिस्बोन, पोर्तुगल । पाठशाला नेपालले यहि नोभेम्बर ८ आइतबार का दिन ५-१६ वर्षका नेपाली बालबालिकालाई लक्षित गरि चित्रकला प्रतियोगिता गर्ने भएको छ । सो प्रतियोगिता दुई समूहमा बिभाजन गरिएको छ । पहिलो समूह मा ५-१० बर्षसम्मका बालबालिकाहरुले प्रतिस्पर्धा गर्नेछन्, जसको शिर्षक “हाम्रो राष्ट्र नेपाल” छ । दोस्रो समूहमा ११-१६ बर्षका बालबालिकाबीच प्रतिस्पर्धा हुनेछ जसको शिर्षक “नेपाल र भूकम्प” छ । 
अलमेदा पार्कको पानी फोहोरा माथि सम्पन्न हुने सो कार्यक्रम दिउसो २ बजे सुरु हुने र ५ बजे सम्पन्न हुनेछ । सो बाल चित्रकला प्रतियोगिता ले प्रवाश मा रहेका नेपाली बालबालिकाहरुलाई मातृभूमि नेपालको सम्झनालाई ताजा गराउने र उनीहरुमा आतिरिक्त क्रियाकलापको बिकाश हुने बिश्वाश रहेको पाठशाला नेपाल का संस्थापक गणेश पाण्डेयले जानकारी गराएका छन् । बाल चित्रकला प्रतियोगितामा करिब १५ प्रतियोगीहरु सहभागी हुनेछन् भने सहभागीहरुको कलालाई अन्तरास्ट्रिय बाल दिवसको अवसरमा २० नोभेम्बरमा प्रदर्शनी गरि विजयीहरुलाई पुरस्कृत गरिने कार्यक्रमका संयोजकद्वय रश्मि रानाभाट र मन्जिल आचार्यले जानकारी दिए । 
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको साथै नेपाल र नेपाली समुदायसंग चासो राख्ने स्थानियहरुको समेत उपस्थिति रहनेछ । पाठशाला नेपालले निकट भबिस्यमा पोर्तुगलको लिस्बोनमा रहेका नेपाली समुदायका बालबालिकाहरुको लागि नेपाली र अंग्रेजी भाषाका कक्षा सञ्चालन गरिनुका साथै नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु समेत संचालन गर्ने जानकारी पाठशाला नेपाल का संस्थापक गणेश पाण्डेयले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक