काठमाण्डौं । अर्थविद् डा विश्वम्भर प्याकुरेलले भारतले गरेको नाकाबन्दीको असर र प्रभावका विषय समेटेको दस्तावेज नै बनाएर नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले नाकाबन्दीको असरबारे अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिनुपर्नेमा जोड दिए ।
चीनका लागि पूर्वनेपाली राजदूत राजेश्वर आचार्यले तराईको समस्या आन्तरिक भए पनि आन्तरिक समस्या आन्तरिक रुपमै समाधान गर्न नेपाल चुकेको विचार व्यक्त गर्दै सरकारले तराईमा मानिसको मृत्यु हुँदा समवेदना प्रकट गर्न नसकेकाले अप्ठ्यारो स्थिति आएको बताए ।
उनले मधेसी मोर्चासँग वार्ता गर्न राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि सबै दलका नेता भएको सर्वदलीय वार्ता टोली गठन गर्नुपर्ने सुझाव दिए ।
भारतका लागि पूर्वनेपाली राजदूत डा भेषबहादुर थापाले नाकाबन्दीका कारणले नेपालले भोगेको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न ढिला भएको बताउँदै हामीले राज्य तहमा कुरा गर्न नसकेको र राजनीतिक र कूटनीतिक अभ्यासमा कमजोरी भएकाले समस्या आएको विचार व्यक्त गरे । नेकपा (एमाले)का सभासद् एवम् परराष्ट्रमामिलाका जानकार डा राजन भट्टराईले चीनसँग नेपालले सम्बन्ध बढाउने कुरालाई भारतका विरुद्ध हो भन्ने बुझ्न नहुने बताउँदै अहिलेको समस्या कूटनीतिक वार्ता र छलफलबाटै टुङ्ग्याउनुपर्ने सुझाव दिए ।
‘नाकाबन्दी अमानवीयताको पराकाष्ठा’
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतले नेपाललाई गरेको नाकाबन्दी अमानवीयताको पराकाष्ठा भएको बताएका छन् ।
उच्चमाध्यमिक शिक्षा परिषद् कर्मचारी सङ्घ नेपालद्वारा आज आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले भारतले हाल नेपाललाई गरेको नाकाबन्दी विश्वव्यापी मान्यता विपरीत भएको बताउँदै यसलाई अमानवीय कार्यको संज्ञा दिए ।
उनले भने “नाकाबन्दीबाट नेपालीले चुनौती सामना गरेर अघि बढ्दै आत्मनिर्भर हुनुपर्छ, छिमेकीले गरेको नाकाबन्दीलाई राष्ट्रिय अर्थतन्त्रको विविधीकरण गर्ने अवसरका रुपमा लिनुपर्छ । ”
मुलुकको शैक्षिक बेरोजगारीलाई कम गर्नका लागि समयानुकूलको शिक्षा प्रदान गर्नुपर्ने बताउँदै नेता खनालले २०२८ सालको शिक्षा नियमावली वर्तमान समयानुसार नभएकाले नयाँ ऐन ल्याउन जरुरी रहेको बताए ।
सङ्घका अध्यक्ष नरेन्द्र ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषद्का उपाध्यक्ष चैतन्य शर्मा, सदस्य सचिव नारायण कोइरालालगायतले १० लाख विद्यार्थीको भाग्य भविष्य जोडिएको परिषद्लाई सरकारले उपेक्षा गरेको आरोप लगाए ।
सो अवसरमा सङ्घको प्रकाशन ‘कर्मचारी आवाज’ को विमोचन गरिनाका साथै परिषद्मा उत्कृष्ट कार्य गर्ने कर्मचारी शारदा मैनाली, मङ्गला श्रेष्ठ, प्रेम महत, हिरा आचार्य र निमेष विष्टलाई ‘उत्तम पङ्कज स्मृति पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल