काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसले आफ्नो नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संविधान संशोधनको प्रस्ताव अविलम्ब पारित गराउन सरकारसँग माग गरेको छ ।
यही कात्तिक १५ गतेदेखि जारी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै काँग्रेसले मधेसकेन्द्रित दलहरुको आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीर ढङ्गबाट वार्ता प्रक्रियालाई निर्णयमा पु¥याउन सरकारलाई आह्वान गर्दै सो प्रयोजनका लागि संसद्भित्र र बाहिर सर्वदलीय सहमति खोज्ने निर्णय गरेको पार्टीका मुखय सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
संविधान संशोधन प्रस्ताव पारित गराउन संसद्भित्र र बाहिर प्रभावकारी र दबाबमूलक भूमिका खेल्ने समेत बैठकले निर्णय गरेको छ । संविधान संशोधनको प्रस्तावका पक्षमा जनमत निर्माण गर्न पार्टीका सबै जिल्ला, क्षेत्र, गाउँ र नगर समितिलाई जनमत निर्माण अभियान सञ्चालन गर्न निर्देश पनि दिएको छ ।
बैठकले वर्तमान सरकारले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण प्रयोजनका लागि कांग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित प्राधिकरण गठनसम्बन्धी विधेयकलाई अल्मल्याउने षड्यन्त्र गरेको आरोप लगाउँदै सो विधेयक तत्काल पारित गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
बैठकले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरिएकाले चुनावी प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिन आग्रह गर्दै कार्यकर्ता र शुभचिन्तकलाई कुनै पनि अफवाहबाट प्रभावित नभई उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेको छ ।
बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव तथा केन्द्रीय सदस्य महेश आचार्य, मीना पाण्डे, उमाकान्त चौधरी, कविताकुमारी सरदार बाँतर, मीना सुब्बा, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य नारायण कोइरालाले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत