काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उद्योगी व्यवसायीले झेल्नुपरेका समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको उद्यमी–व्यवसायीको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उनले इन्धन आपूर्तिलगायत देशले भोग्नुपरेको असहज अवस्थाको अन्त्यका लागि सरकार गम्भीर भएर लागेको बताए ।
“वर्तमान समस्या हल गर्न कूटनीतिकलगायत सबै तहबाट आवश्यक कार्य भइरहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो”– मुरारकाले भेटपछि सञ्चारकर्मीलाई बताए ।
इन्धन सङ्कटले कलकारखाना बन्द हुने अवस्थामा पुगेको र राजस्व रकम रु २५ अर्बभन्दा बढी नोक्सानी भएको वास्तविकता प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै आफूहरूले औद्योगिक क्षेत्रका समस्या सुल्झाउन र रुग्ण उद्योगलाई राहतको व्यवस्थाका निम्ति अनुरोध गरेको उनले बताए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता