काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाविभागीयमन्त्री तथा राज्यमन्त्रीको कार्यविभाजन गरेका छन् ।
मन्त्रिपरिषद्को विस्तारसँगै गरिएको नयाँ कार्यविभाजनअनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा रामजनम चौधरी, युवा तथा खेलकुदमन्त्रीमा सत्यनारायण मण्डल र विज्ञान, प्रविधि तथा वातावरणमन्त्रीमा विश्वेन्द्र पासवान छन् । यस्तै रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मा दिइएको छ ।
यसैगरी मोहम्मद मुस्ताक आलमलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र मेघराज नेपाली निषादलाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
गत असोज २५ गते गठन भएको वर्तमान सरकारमा बिनाविभागीय मन्त्री रहेका मन्त्री तथा राज्यमन्त्रीको आज जिम्मेवारी तोकिएको हो । ओली नेतृत्वको वर्तमान सरकारमा एमालेले प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित नौ, एकीकृत नेकपा (माओवादी)ले उपप्रधानमन्त्रीसहित आठ, राप्रपा नेपालले उपप्रधानमन्त्रीसहित दुई, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले उपप्रधानमन्त्री सहित दुई तथा नेकपा(माले) र राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री सहित एक एक मन्त्रालयको जिम्मेवारी पाएको छ ।
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची