काठमाडौँ, १८ कात्तिक । एकीकृत नेकपा(माओवादी)ले नयाँ शक्ति निर्माणको नाममा पार्टी विरोधी गतिविधि गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले पार्टीविरुद्ध गतिविधि गरेको र अनुशासन उल्लङ्घन गरेको भन्दै ती नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
पार्टीको नीति र सिद्धान्त विपरीत गएर गतिविधि गरेको भन्दै रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मा र गङ्गानारायण श्रेष्ठलाई निष्कासन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
यस्तै नयाँ शक्ति निर्माणसम्बन्धी बहसमा भाग लिन पाऊँ भन्दै मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउने स्थायी समिति सदस्य देवेन्द्र पौडेल र नेत्री हिसिला यमीलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत बैठकले गरेको छ ।
संविधान जारी भएपछिको अवस्थामा भारतले नेपालमाथि अघोषित नाकाबन्दी जारी राखेको र जनताको दैनिकी कष्टकर बन्दै गएको बेला एकीकृत भएर अगाडि बढ्नुपर्ने बेलामा नयाँ शक्तिको नाममा पार्टी विरोधी गतिविधि गर्ने जो कोही पनि कारबाहीको भागिदार हुने एमाओवादीले ठहर छ ।
मङ्गलबार मात्रै नयाँ शक्ति निर्माणसम्बन्धी बहसमा भाग लिन पाउँ भन्दै एमाओवादीका ४५ जना नेताले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए ।
बैठकमा अघोषित नाकाबन्दीपछि मुलुकको अवस्था दिन प्रतिदिन सङ्कटग्रस्त बन्दै गएको भन्दै कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न तत्काल पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा