काठमाडौँ, १८ कात्तिक । एकीकृत नेकपा(माओवादी)ले नयाँ शक्ति निर्माणको नाममा पार्टी विरोधी गतिविधि गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले पार्टीविरुद्ध गतिविधि गरेको र अनुशासन उल्लङ्घन गरेको भन्दै ती नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
पार्टीको नीति र सिद्धान्त विपरीत गएर गतिविधि गरेको भन्दै रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मा र गङ्गानारायण श्रेष्ठलाई निष्कासन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
यस्तै नयाँ शक्ति निर्माणसम्बन्धी बहसमा भाग लिन पाऊँ भन्दै मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउने स्थायी समिति सदस्य देवेन्द्र पौडेल र नेत्री हिसिला यमीलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत बैठकले गरेको छ ।
संविधान जारी भएपछिको अवस्थामा भारतले नेपालमाथि अघोषित नाकाबन्दी जारी राखेको र जनताको दैनिकी कष्टकर बन्दै गएको बेला एकीकृत भएर अगाडि बढ्नुपर्ने बेलामा नयाँ शक्तिको नाममा पार्टी विरोधी गतिविधि गर्ने जो कोही पनि कारबाहीको भागिदार हुने एमाओवादीले ठहर छ ।
मङ्गलबार मात्रै नयाँ शक्ति निर्माणसम्बन्धी बहसमा भाग लिन पाउँ भन्दै एमाओवादीका ४५ जना नेताले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए ।
बैठकमा अघोषित नाकाबन्दीपछि मुलुकको अवस्था दिन प्रतिदिन सङ्कटग्रस्त बन्दै गएको भन्दै कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न तत्काल पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता