जनकपुरधाम, १८ कात्तिक । भारत बिहार राज्यमा भोलि बिहीबार हुने पाँचौँ चरणको विधानसभाको निर्वाचनलाई दृष्टिगत गरी धनुषा जिल्लाअन्तर्गत रहेको सिमानाका आज बुधबार बिहानैबाट नाका बन्द गरिएको छ ।
सुरक्षालाई दृष्टिगत गरी भोलि साँझसम्मको लागि सो नाका भारतीय पक्षबाट ‘सिल’ गरिएको सशस्त्र प्रहरी बल विओपी महिनाथपुरले जनाएको छ । जसअन्तर्गत नेपाल–भारतबीच रहेको इनर्वा, दुहबी, खजुरी, महिनाथपुर, भररिया, जटहीलगायतका नाका सिल गरिएको समाचारमा जनाएको छ ।
शान्ति सुरक्षा आपराधिक क्रियाकलाप हुन नदिन चुनावलाई दृष्टिगत गरी भारतीय पक्षले आफ्ना नाका बन्द गरेको धनुषाका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीले बताए ।
सो नाकामा पैदल यात्रुलाई समेत जानबाट रोक लगाइएको भारती सीमा सुरक्षा बल एसएसबी पिपरौनले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता