जनकपुरधाम, १८ कात्तिक । भारत बिहार राज्यमा भोलि बिहीबार हुने पाँचौँ चरणको विधानसभाको निर्वाचनलाई दृष्टिगत गरी धनुषा जिल्लाअन्तर्गत रहेको सिमानाका आज बुधबार बिहानैबाट नाका बन्द गरिएको छ ।
सुरक्षालाई दृष्टिगत गरी भोलि साँझसम्मको लागि सो नाका भारतीय पक्षबाट ‘सिल’ गरिएको सशस्त्र प्रहरी बल विओपी महिनाथपुरले जनाएको छ । जसअन्तर्गत नेपाल–भारतबीच रहेको इनर्वा, दुहबी, खजुरी, महिनाथपुर, भररिया, जटहीलगायतका नाका सिल गरिएको समाचारमा जनाएको छ ।
शान्ति सुरक्षा आपराधिक क्रियाकलाप हुन नदिन चुनावलाई दृष्टिगत गरी भारतीय पक्षले आफ्ना नाका बन्द गरेको धनुषाका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीले बताए ।
सो नाकामा पैदल यात्रुलाई समेत जानबाट रोक लगाइएको भारती सीमा सुरक्षा बल एसएसबी पिपरौनले जनाएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित