
धुन्चे (रसुवा), १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नंको बस आज अपराह्न १ बजे दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।
दुर्घटनामा परी गम्भीर घाइतेमध्ये नुवाकोटको त्रिशूली अस्पतालमा पाँच, काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा एक र जिल्ला अस्पताल धुन्चेमा एकजनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३६ पुगेको हो । घटनास्थलमा २९ यात्रुको मृत्यु भएको थियो ।
मृतकका शवहरु अहिले जिल्ला अस्पताल धुन्चेमा राखिएको र बुधबार बिहानदेखि शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । मृतकमध्ये अधिकांश रसुवाका भए पनि सनाखत हुन सकेको छैन ।
दुर्घटनाग्रस्त बसमा करिब ८९ यात्रु रहेको बताइएको छ । घाइतेमध्ये तीनजना जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपछि घर फर्केका छन् ।
दुर्घटनामा रसुवाका सरमथली, भोर्ले, लहरेपौवा, धैबुङ, हाकु, गुल्जुङ, गत्लाङ, टिमुरे तथा बारा, सिन्धुली, नुवाकोट लगायतजिल्लाका समेत परेका प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुसार मृत्यु हुनेमा महिला १४, पुरुष २० बालक एक, बालिका एक छन् । तीमध्ये त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा एक, त्रिशूली अस्पतालमा पाँच, जिल्ला अस्पताल धुन्चेमा एक र घटनास्थलमा २९ जनाको मत्यु
भएको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये गुल्जुङ गाविस–५ का तीन वर्षीय बालक निमाटासी तामाङको मात्र सनाखत भएको छ ।
उक्त बस पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट करिब ५०० मि तल खसेर दुर्घटना भएको थियो ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो