काठमाडौँ, १७ कात्तिक । नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी – पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ ।
निगमले आज पेट्रो चाइनालाई एक पत्र पठाएर मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रो चाइनालाई आज पत्र पठाइएको जानकारी दिए ।
उनले व्यापारिक कारोबारका लागि मूल्यसूची उपलब्ध गराउन पत्राचार भएको बताए । कार्यकारी निर्देशक खड्काले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न सकिन्छ भन्ने प्रमाणित भएपछि थप प्रक्रिया अगाडि बढाउन लागिएको र प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
केरुङ नाकाबाट चीनले उपलब्ध गराएको पेट्रोल आयात गर्न नेपाली ट्याङ्कर आज त्यसतर्फ लागेका छन् । आज १२ वटा ट्याङक्र त्यसतर्फ लागेको निगमले जनाएको छ ।
भारतले अघोषित नाकाबन्दी गरेपछि वैकल्पिक स्रोतको खोजीमा लागेको निगमले चीनबाट अनुदानमा प्राप्त १३ लाख लिटर पेट्रोल ल्याउन थालेको छ भने सो पेट्रोल नेपाल भित्रने क्रममा रहेको छ । चीनबाट ल्याइएको पेट्रोल निगमको थानकोटको भण्डारण डिपोमा भण्डारण गरिएको छ ।
चीनका लागि नेपाली राजदूत महेशमान मास्के नेतृत्वको टोलीले केहीदिन पहिले पेट्रो चाइनासँग इन्धन आयात गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको थियो । चीनबाट निगमले कुल खपतको ३३ प्रतिशत इन्धन आयात गर्ने सम्झौता गरेको थियो । सो सम्झौता भएपछि निगमलाई चीनले अनुदानस्वरुप १३ लाख लिटर इन्धन अनुदानमा उपलब्ध गराएको थियो ।
भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने उपाय खोज्न बाध्य भएको थियो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय