काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार रसुवामा भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले आज दिएको समवेदना सन्देशमा भनिएकोे छ, ‘काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एक यात्रुवाहक बस रसुवाको राम्चेमा दुर्घटना भई ३४ जना यात्रुको ज्यान गएको थाहा पाउँदा म अत्यन्तै मर्माहत र स्तब्ध भएको छु ।’
प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दैै मृतकका परिवार र आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन् । दुर्घटनामा परी घाइते भएकाको शीघ्र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिँदै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन् ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार