काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार रसुवामा भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले आज दिएको समवेदना सन्देशमा भनिएकोे छ, ‘काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एक यात्रुवाहक बस रसुवाको राम्चेमा दुर्घटना भई ३४ जना यात्रुको ज्यान गएको थाहा पाउँदा म अत्यन्तै मर्माहत र स्तब्ध भएको छु ।’
प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दैै मृतकका परिवार र आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन् । दुर्घटनामा परी घाइते भएकाको शीघ्र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिँदै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता