
भूकम्पपछि बन्द चिनिया भन्सार नाका सञ्चालन गर्न आग्रह
काठमाडौँ, १७ कात्तिक । नेपालले भूकम्पबाट प्रभावित भएका नेपाल–चीनबीच रहेका भन्सार नाका चाँडो सञ्चालनमा ल्याउन चिनियाँ पक्षलाई आग्रह गरेको छ ।
आजदेखि यहाँ सुरु भएको २८औँ उच्चस्तरीय वार्षिक बैठकमा भूकम्पपछि रसुवागढीलगायतका नाका अझै सञ्चालनमा नआएको भन्दै चाँडो सञ्चालनमा ल्याउन आग्रह गरिएको होे ।
केरुङ तथा तातोपानी नाका सञ्चालनमा आए पनि अन्य नाका सञ्चालनमा कठिनाइ भएको छ ।
बैठकमा भन्सार प्रशासनलाई सुदृढ गरी प्रभावकारी बनाउने र नेपालले निर्यात गर्दै आएको वस्तुलाई सहजरुपमा जाँचपास गराउने सम्बन्धमा छलफल सुरु भएको बैठकमा सहभागी भन्सार विभागका निर्देशक सूर्य सेढाईंले जानकारी दिए ।
बैठकमा नेपाल र चीनको कार्यालय समय दुई घन्टाको फरक परेकाले त्यसलाई समायोजन गर्न पनि पहल गर्ने निष्कर्षमा पुगिएको विभागका प्रवक्तासमेत सहनुभएका सेढाईंले बताए ।
उनले आठ हजार वस्तुले भन्सार सुविधा दिएको भए पनि सो कार्यान्वयन नभएकाले कार्यान्वयन गर्न समिति बनाउने र भन्सार कार्यालयबीच स्थानीयस्तरमा छलफल चलाउने विषयमा दुई पक्ष सहमत भएको जानकारी दिए ।
बैठकमा भएका छलफलबाट निष्कर्षमा पुगेका विषयमा सहमति गर्ने तयारी गरिएको प्रवक्ता सेढाईंले बताए ।
बैठकमा ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाका किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारी नाकालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।
नेपालका तर्फबाट बैठकको नेतृत्व भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी गर्नुभएको छ भने चीनका तर्फबाट ल्हासा भन्सारका उपप्रमुख लङ चेङ वइले गरेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई