रसुवा, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।
पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसको थियो । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए । घाइतेलाई उपचारका लागि काडमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार छेउमा बस गुडाएपछि सडक धस्सिन पुगी दुर्घटना भएको हो । अहिले घटनास्थलमा नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित