काठमाडौँ, १६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
सो पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठका अनुसार सो पार्टीले स्थानीय विकास र परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा अध्यक्ष कमल थापालाई पठाउनेछ । थापाले हाल उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाली रहेका छन् ।
यस्तै राप्रपा नेपालले भूमिसुधार मन्त्रीमा रामकुमार सुब्बा, स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई सिफारिस गरेको छ । मन्त्री सुब्बा हाल विना विभागीय मन्त्री छन् ।
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते