बिहीबार, माघ ८ २०७७ | Thu, January 21, 2021
नेपालको समय: १८:२३ | UK Time: 12:38

पर्सा घट्नामा वाध्य भएर गोली – गृह मन्त्रालय

वीनेपाली
२०७२ कार्तिक १७ गते ०:१०

काठमाडौँ, १६ कात्तिक । गृह मन्त्रालयले आज पर्सामा भएको घटनामा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले ४४ सेल अश्रुग्यास प्रयोग गर्दा पनि भीड प्रहरीतर्फ अगाडि बढेपछि बाध्य भई गोली चलाउनु परेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार सो क्रममा भारत विहार पूर्वी चम्पारण रक्सौल वडा नं ११ का २२ वर्षीय आशिषकुमार रामको मृत्यु भएको हो ।

मन्त्रालयले आज बिहान ५ः३० बजे नेपाल–भारत सीमाको वीरगन्ज–रक्सौल नाका अवरुद्ध गरी बसेका प्रदर्शनकारीलाई सो ठाउँबाट हटाई नाका खुलाउने क्रममा प्रहरीको तर्फबाट कुनै बल प्रयोग नगरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।

दिउँसो भएको झडपमा आन्दोलनकारीहरुले वीरगन्ज घन्टाघरस्थित टेलिकम कार्यालयमा पेट्रोल बम प्रहार गरी क्षति पु¥याई स्थिति तनावग्रस्त रहेकाले आज अपराह्न ३ बजेबाट सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका पाँचमध्ये दुई भारतीय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक