काठमाडौँ, १६ कात्तिक । नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले तराई मधेसका आन्दोलनमा बाह्य मुलुकका नागरिकको संलग्नता हुनु गम्भीर विषय भएको ठहर गरेको छ ।
समसामयिक विषय र सरकार विस्तारबारे आज पार्टीको केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले आज वीरगन्जमा भएको भडप र एक भारतीय नागरिकको मृत्युलाई दुःखद् भन्दै आन्दोलनमा बाह्य नागरिकको संलग्नताले समस्यालाई थप जटिल बनाउने निष्कर्ष निकालेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
नाका खुलाउने प्रहरीको प्रयासपछि चर्किएको आन्दोलनका क्रममा आज पर्सामा एक भारतीय नागरिकको मुत्यु भएको थियो ।
मन्त्रिपरिषद् विस्तारको कार्यसूचीमा पुनः मङ्गलबार छलफल गर्ने गरी आज बैठक सकिएको छ ।
बैठकले राष्ट्रपतिमा पार्टीका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी विजयी हुनु भएकामा बधाई दिएको छ ।
यस्तै अनेक प्रतिकूलताका बीच जारी भएको नयाँ संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सबै पार्टीसँग सहकार्य गरी अघि बढ्नुपर्ने ठहर एमालेले गरेको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता