बुधबार, असोज ७ २०७७ | Wed, September 23, 2020
नेपालको समय: १९:३२ | UK Time: 14:47

वीरगन्ज घटनाले वार्ताको वातावरण खण्डित– मोर्चा

वीनेपाली
२०७२ कार्तिक १६ गते २३:५८
1446380536051_RoS-Ktm Barta (2)

मोर्चाका नेताहरु वार्तामा । फाइल तस्विर

 

काठमाडौँ, १६ कात्तिक । संयुक्त लोकतान्त्रिक मेधेसी मोर्चाले सरकार र आन्दोलनकारी पक्षबीच बन्दै गएको सकारात्मक वातावरणलाई वीरगन्जमा आज भएको घटनाले खण्डित तुल्याएको जनाएको छ ।

वीरगन्ज घटनाले सरकारले वार्तालाई रणनीतिको रुपमा प्रयोग गर्न खोजेको आभास भएको मोर्चाले आरोप पनि लगाएको छ ।

मोर्चाद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले वार्तालाई सार्थक र परिणाममुखी बनाउन प्रयास भइरहेका बेला वीरगन्ज घटनाले त्यसमा प्रश्न खडा गरेको जिकिर गरे ।

वार्ता बिथोल्ने काम सरकारबाटै भएकाले वार्ताको औचित्य समाप्त हुँदै गएको उनको भनाइ थियो ।

पत्रकारसम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भने अविलम्बरुपमा सरकार जिम्मेवार ढङ्गले प्रस्तुत भई वार्ताको वातावरणलाई सहज बनाउन भूमिका निर्वाह गरोस् भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक