
चीनले दिएको अनुदानको पेट्रोल लिएर सोमबार विदुर हँुदै राजधानी काठमाडौं जादै गरेको ट्याङ्करहरु । आइतबार र सोमबार गरि १५ ट्याङ्कर तेल नेपाल भित्रिएको छ । तस्बिरः नवदीप श्रेष्ठ रासस
काठमाडौँ, १६ कात्तिक । चीनले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोल सोमबार साँझ काठमाडौँमा आइपुगेको छ ।
आइतबार नेपाल–चीनको केरुङ नाकामा नेपाललाई अनुदानमा उपलब्ध गराएको पहिलो ‘लट’ को पेट्रोल काठमाडौँ आइपुगेको नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिए ।
चीनले नेपाललाई एक हजार टन (१३ लाख लिटर) पेट्रोल अनुदानमा दिने सहमति गरेको थियो ।
भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गरिएको हो ।
नेपाल आयल निगम र पेट्रो चाइनबीच चीनबाट इन्धन आयात गर्ने औपचारिक सहमति भएपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)सँगको एकलौटी व्यापारको विकल्प पाएको हो ।
पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन एक हजार २०० लिटर बोक्ने १२ वटा ट्याङ्कर गत शुक्रबार केरुङतर्फ गएको थियो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर तेल आइपुगेको छ ।
यसैबीच, सरकारले पेट्रोलियम पदार्थको वितरणलाई सुलभ र प्रभावकारी बनाउन एक संयन्त्र बनाएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा आज बसेको बैठकले पेट्रोलियम पदार्थ वितरणसम्बन्धी संयन्त्र बनाएको हो । उक्त संयन्त्रमा मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगम र नेपाल प्रहरीका प्रतिनिधि तथा ग्यास उद्योगीका तर्फबाट एकजना प्रतिनिधि रहेका छन् । संयन्त्रको संयोजन वाणिज्य विभागका निर्देशकले गर्नेछन् ।संयन्त्रले ग्यास तथा पेट्रोलियम पदार्थ, हवाई इन्धन कति आयात र वितरण भयो, कहाँबाट कति परिणाममा वितरण भयो कति अपुग छ भनी जानकारी राख्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान