वीरगन्ज, १४ भदौ । प्रहरीको गोली लागेर आज यहा एक व्यक्तिको मृत्यु भएको छ ।
नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटनजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा स्थिति नियन्त्रणमा लिन आज दिउ“सो प्रहरीले चलाएको गोली लागेर अन्दाजी २० वर्षीय युवकको मृत्यु भएको छ ।
उनको पहिचान अझैसम्म पनि खुलेको छैन । टाउकोमा गोली लागेका ती युवकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर पाँचजना भन्दा बढी घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । घाइते हुनेहरुमा वीरगन्ज रामटोलका रबि यादव, रेशमकोठीका गोविन्द साह, भेडियारीका भुलन साह र शिवजी साह सोनार लगायत रहेका छन् ।
उनीहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये शिवजी साह सोनारको स्वास्थ्यस्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । त्यस्तै, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा आठ सुरक्षाकर्मीसहित १८ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीको लाठी प्रहारबाट आदर्शनगरका राहुल दास, सरोज कुमार, राकेश गुप्तालगायतका व्यक्ति घाइते भएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा