लण्डन । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवं प्राध्यापक डा. सूर्य सुवेदीको एक ग्रन्थ चिनीया भाषामा अनुवाद गरी प्रकाशित गरिएको छ ।
यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन चिनीया भाषामा अनुवाद भइ प्रकाशन भएपनि त्यसपछि कुनै पनि नेपाली लेखकद्धारा लिखित ग्रन्थ चिनीया भाषामा अनुवाद गरेर प्रकाशन गरिएको सम्भवतः यो पहिलोपटक हो ।
प्रा सुवेदीले लेखेको ‘अन्तर्राष्ट्रिय लगानी सम्वन्धि कानुन: नीति र सिद्धान्तबीचको समन्वय’ नामक ग्रन्थ आठ वर्षअघि बेलायतमा प्रकाशन भएको थियो ।
संसारका विभिन्न विश्वविद्यालयमा पठन पाठनमा उपयोग हुंदै आएको यो ग्रन्थलाई चीनका अन्तर्राष्ट्रिय कानुन विषयका एक प्राध्यापक लि झांगले चिनीया भाषामा अनुवाद गरेका हुन् । कानुनसम्बन्धी पुस्तक प्रकाशनका लागि चीनमै सबैभन्दा बढि प्रतिष्ठित मानिने प्रकाशन संस्थाले सो ग्रन्थ प्रकाशन गरेको छ ।
आफनो ग्रन्थ चिनीया भाषामा अनुवाद भइ प्रकाशित भएकोमा प्रा सुवेदीले आफू हर्षित र गौरवान्वित भएको बताएका छन् । प्राध्यापक सुवेदी बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुन विषयका प्राध्यापक छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा