बागलुङ, १५ कात्तिक । म्याग्दीको घोरेपानीका होटलमा लगानी बढेको छ ।
पर्यटक आगमन बढेपछि होटल तथा पर्यटन व्यवसायीले लगानी थप गरेका हुन् । घारेपानी होटल व्यवस्थापन समितिका अनुसार यहाँका होटलमा रु ५० करोड भन्दा बढी लगानी छ । पर्यटकको माग र सुविधालाई ध्यानमा राखेर व्यवसायीहरुले होटलको स्तरवृद्धि गर्न थालेका छन् ।
हाल सातवटा होटलका पुराना भवन भत्काएर नयाँ बनाउन सुरु गरीएको छ । उच्चस्तरको सेवा दिने होटलले रु दुई करोड भन्दा माथिको लगानी गरेको समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो । उहाँ आफैँले पनि रु सवा दुई करोडको लगानीमा होटल निमार्णको काम अघि बढाउनुभएको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोरपानीमा पर्यटक भित्रने क्रम बढेपछि व्यवसायी उत्साहित बनेका हुन् । “ बर्सेनि पर्यटकको चाप बढ्न थालेको छ,” उहाँले भन्नुभयो–“गुणस्तरीय सेवा दिन होटलहरुले आफूलाई स्तरवृद्धि गरिरहेका छन्, लगानी थपिएको छ ।”
घोरेपानीमा अहिले २२ वटा पर्यटकीय होटल सञ्चालनमा छन् । काठले बनेका पुराना होटलका भवनलाई विस्थापित गरेर नयाँ पक्की संरचना बनाउने क्रम बढेको होटल ‘स्नो भ्यू’ का सञ्चालक टेकसर बुद्धुजा पुनले बताउनुभयो ।
पुरानै खाले संरचनामा पर्यटकीय आकर्षण हुने भए पनि पर्यटकको माग र आवश्यकता अनुसार नयाँ संरचना निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । ठूलो लगानीमा होटल सञ्चालन गरेका व्यवसायी भूकम्प, नाकाबन्दी, राजनीतिक अस्थिरता जस्ता कारणले निराश छन् ।
गत वर्षको तुलनामा यो वर्षको मुख्य पर्यटकीय याममा पर्यटक आधा घटेको समितिले जनाएको छ । गत वर्ष असोज–मङ्सिरमा दैनिक ४०० जति पर्यटक भित्रने गरेकोमा अहिले १५० देखि २०० आउने गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । गत बुधबारसम्म घोरेपानीमा एक हजार ४५५ विदेशी पर्यटक भित्रिएका थिए ।
सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पर्यटकहरु यो याममा घोरेपानी र पुनहिल पुग्ने गर्छन् । दुई हजार ८७४ मिटरको उचाइमा रहेको घारेपानी तथा तीन सय २१० मिटरको उचाइमा रहेको पुनहिलबाट धवलागिरि, अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाका दर्जनाँै हिमाल देख्न सकिन्छ ।
अन्पूर्ण चक्रिय पदमार्ग र धवलागिरि–अन्नपूर्ण पर्यावरणीय पदमार्ग हुँदै पर्यटक घारेपानी–पुनहिल पुग्ने गरेका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा