
काठमाडौँ, १५ कात्तिक । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी महाधिवेशनमा केन्द्रित रहेर छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले फागुनमा हुने १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न समिति गठन गर्ने बारेमा छलफल गरेको केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताए ।
पार्टीका शीर्ष नेताहरु उपराष्ट्रपतिको शपथ कार्यक्रममा जानुपर्ने भएकाले आजको बैठक स्थगन हुनाका साथै सोमबार बिहान ८ बजे बस्ने तय भएको छ ।
महाधिवेशन तयारीका लागि काँग्रेसले सभापति सुशील कोइरालाको संयोजकत्वका मूल समारोह, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम, आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा विधान, बलबहादुर केसीको संयोजकत्वमा आवास तथा व्यवस्थापन, डा मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचार, भीमसेनदास प्रधानको संयोजकत्वमा खाद्य तथा व्यवस्थापन र नारायण कोइरालाको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठनका लागि प्रस्ताव गरिएको बताइएको छ ।
संविधान जारी भई नयाँ सरकार गठन भएपछि समीक्षा गर्न र महाधिवेशन तयारीका विषयमा छलफल गर्न भनी बैठक डाकिएको काँग्रेसले जनाएको छ । पार्टीको आगामी महाधिवेशन फागुन २० देखि २३ गतेसम्म हुँदैछ । तेहौँ महाधिवेशन तयारीका लागि छलफल जारी रहनेछ ।
संविधान जारी भएपछि राज्यका प्रमुख पदमा काँग्रेसले दिएको उम्मेदवारी र अघोषित नाकाबन्दीको विषयमा पनि छलफल हुने बताइएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने