
सरकार मोर्चासँग राष्ट्रिय हितका प्रश्नमा तलमाथि हुने सर्त मान्न तयार नहुने
काठमाडौँ, १५ कात्तिक । उच्चस्तरीय राजनीतिक समितिको आजको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।
नयाँ संविधानमा असन्तुष्ट भई आन्दोलनमा रहेको मोर्चाका माग सम्बोधनका लागि सरकार लचिलो रहेको भनी आजै हुने वार्तामा आश्वस्त पारिने भएको छ । बैठकपछि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार वार्तामा लचिलो हुने तर राष्ट्रिय हितका प्रश्नमा तलमाथि हुने गरी सर्त मान्न तयार नहुने बताए ।
सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेता रहेको सो समितिले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापालाई आवश्यक अख्तियारी दिएको छ । सरकारी वार्ता टोली र मोर्चाको टोलीबीच आज अपराह्न ४ः०० बजे वार्ता हुँदैछ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलन र वार्तालाई लम्ब्याउँदा जनतामा कष्ट थपिँदै जाने भएकाले वार्तामा अधिकतम लचकताका साथ माग सम्बोधन गर्न सरकार तयार हुने बताए । उनले मोर्चाले राखेका पक्राउ परेका आन्दोलनकारीलाई मुद्दा फिर्तालगायत पाँचबुँदे सर्त कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समितिका संयोजक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा समितिको बैठक बसेको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई